देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार अधिनायकवादतर्फ अघि बढ्योः कोइराला 

देशान्तर

मोरङ ।कांग्रेस नेता डा. शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् ।सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको आरोप लगाए ।

वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै उनले कांग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको बताए ।

फरक प्रसङ्गमा उनले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र कांग्रेस पुरानै अवस्थामा फर्किने तर्क गरे ।