देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदी भ्रमणः ग्रेटर नेपालका तीन जना पक्राउ

देशान्तर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा धक्का दिन सक्ने आँकलन गरेर प्रहरीले ग्रेटर नेपाल अभियानमा आबद्ध तीन जनालाई पक्राउ गरेको हो। विमल बुर्लाकोटी, प्रकाश सुवेदी र गोविन्द बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले लामो समयदेखि भारतको हस्तक्षेप विरुद्ध गतिविधि गर्दै आएका छन्। मोदी भ्रमणको क्रममा कालो झन्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने भएकाले पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए।

प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्तासहित ३५ जनालाई पक्राउ गरिसकेको छ।