देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा एकता संयोजनको बैठक सुरु गरे ओली दाहलले बिरुवा रोपेर

देशान्तर

काठमाडौँ । एमाले र माओवादीको एकता सम्योजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको मिति तय गर्नका लागि दुवै पार्टीका नेताहरु बालुवाटार पुगका हुन्।

त्यस बैठक सुरु हुनुभन्दा अघि दुवै पार्टीका अध्यक्ष र नेताहरुले विभिन्न विरुवाहरु रोपेर नयाँ पार्टीलाई मलजल गर्ने संकेत गरेका हुन्। बालुवाटारमा ओली दाहाल लगायतका नेताहरु समी, अम्बा, जापानिज विरुवा जिम्बो भाइले, लिची आँप, सुन्तला एभोकार्डो, कपुरका विरुवा रोपे।

एकता संयोजन समितिको बैठकमा एकतालाई मूर्त रुप दिने बताइएको छ भने आजै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा गर्ने तयरी दुवै दलले गरेका छन्।

यद्यपि, कति बेला पार्टी घोषण हुने भन्नेबारे समयको टुंगो भने लागिनसकेको बताइएको छ। पार्टी एकता घोषणापछि आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने कार्यक्रम पनि रहेको छ ।