देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमा नेतृत्वको अभाव देखिएको छ : पूर्वराष्ट्रपति यादव

देशान्तर

काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादवले कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताएका छन्।

पूर्व राष्ट्रपति यादवले जनतासँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रित हुन पनि नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई सुझाव समेत दिए।

प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा यादवले कांग्रेसका नेताहरू देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता पनि व्यक्त गरे।

कांग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिए पनि सो पार्टी निराश बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्व राष्ट्रपति यादवको भनाई छ।