देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल पार्टी चलाउन नसकेर एमालेमा विलय भएको बाबुरामको आरोप

देशान्तर

काठमाडौं।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर दाहालले पार्टीलाई एमालेमा विलय गराएको आरोप लागएका छन ।

सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।
आज बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा. भट्टराईले जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको बताए ।

दाहालले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए ।

नवगठित नेपाल कम्युनिस्ट (नेकपा) ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने भट्टराईले ठोकुवा गरे ।