देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले र माओवादी केन्द्रको एकताले कांग्रेसलाई असर पर्दैन :कांग्रेस नेता सिंह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई ठूला पुनर्गठित कम्युनिष्ट पार्टीको एकताले नेपाली कांग्रेसलाई असर नपर्ने बताए। शनिबार तरुण दल काठमाडौंले गरेको जिल्लास्तरीय सम्मान तथा प्रशिक्षणलाई सम्बोधन गर्दै सिंहले दुई ठूला पार्टी मिल्दैमा नेपाली कांग्रेसको आस्था र वजनमा कमि नआउने बताएका हुन्।

नेता सिंहले नेपाली कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्न सक्ने हो भने फेरि पनि जनताको विश्वास आर्जन गर्न सकिने उनको भनाई थियो। विगतमा मुलुकका ठूला ठूला परिर्वतनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेकोले नेतृत्व तहबाट नै पार्टीको आदर्श र सिद्धान्तलाई केन्द्रमा राखेर काम गर्ने हो भने फेरि पनि जनताले कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गराउँने दाबी पनि गरे।

नेता सिंहले स्पष्ट बहुमत रहेको भन्दै घमण्ड गर्नुको सट्टा विधि, विधान र प्रक्रिया सम्वत ढंगले अघि बढ्न सरकारलाई सचेत गराए।मस्यौदा समितिमा सहमति भइसकेका विषयमा संशोधन प्रस्ताव दर्ता गरेर सत्तारुढ दलले नेपाली कांग्रेसका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाए।