देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चाहियो प्रियंकालाई यस्तो पति

देशान्तर

काठमाडौं । बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडाको उमेर ३५ वर्ष कटिसकेको छ । उमेर बढ्दै जाँदा प्रियंकाको परिवारले अब विवाह गरिदिए हुन्थ्यो भन्ने चाहना गरेका छन् तर उनले भने विवाह गर्न तयार भएको तर भनेजस्तो पुरुष नपाएको भन्दै कुरा पन्छाउँदै आएकी छिन् ।
हालै एक प्रसंगमा प्रियंकाले आफूलाई चाहिएको श्रीमान् कस्तो हो भन्ने कुरा भने खुलाएकी छिन् । प्रियंका भन्छिन्, ‘त्यो पुरुष मलाई देखेर पागल होस्, अत्यन्तै माया गर्ने खालको होस् अनि मनको कुरा खुलेर भनोस् ।’

प्रियंकालाई लाग्छ, अधिकांश पुरुषले मनका कुरा मनमै लुकाउन खोज्छन्, तर यस्ता पुरुष आफूलाई मन नपर्ने उनले बताएकी छिन् । भनेजस्तो युवक पाइयो भने सँगै जीवन बिताउन त आनन्द हुन्छ नि समेत भनेकी छिन् प्रियंकाले । आशा गरौं, प्रियंकाले भनेजस्तो पुरुष चाँडै फेला पार्नेछिन् ।