देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आवश्यकता अनुसार विकासको नीति अगाल्नुपर्छ :बाबुराम भट्टराई

देशान्तर

काठमाडौं ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा. बाबुराम भट्टराईले २१ औँ शताब्दीको आवश्यकता अनुसार विकासको नीति अगाल्नुपर्ने बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले परम्परागत विचारमा अडिएर अहिलेको आवश्यकता अनुसारको विकास गर्न नसकिने बताए ।

नेपालको विकासको बाटो २१ औँ शताब्दीको आँखाबाट हेरिनुपर्ने भन्दै भट्टराईले १९ औँ शताब्दीका मार्क्सले के भनेका थिए भन्नेमा होइन, २१ औँ शताब्दीका मार्क्सले के भन्छन् भन्नेका ध्यान दिनुपर्ने उल्लेख गरे। युरोपमा क्याथोलिक चर्चमा गरिएको सुधारपछिमात्र त्यहाँको विकासले गति लिएको उदाहरण दिँदै भट्टराईले नेपालमा पनि परम्परागत सोचमाथि सुधार नगरीकन विकास हुन नसक्ने बताए ।

सरकारको नीति तथा कार्यक्रममा कृषि, उर्जा, उद्योग लगायतका प्राथमिकताहरू संकेत गरिए पनि सरकार त्यसमा हिचकिचाएको भट्टराइको भनाई थियो । उनले उदयीमान अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेको नेपालले पनि राष्ट्रिय हीतअनुकूल वैदेशिक पुँजी भित्र्याएर बस्तु उत्पादन गरी निर्यात नगरी विकास हुन नसक्ने दावी गरे ।