देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो : महामन्त्री कोइराला

देशान्तर

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताएका छन् । समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको दावी गरे।

उनले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएपनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा असफल नहुने बताए । कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवादबीच आकास जमिनको फरक रहेको उनको भनाई थियो । कम्युनिष्टको समाजवाद व्यक्तिवादी तर कांग्रेसको समाजवाद सामूहिक भएको कोइरालाको तर्क थियो ।

कार्यक्रममा महामन्त्री कोइरालाले अपांगता भएकाहरूलाई ह्विलचियर, बैशाखी, सेतो लठ्ठी, वाकर, ट्वाइलेट कुर्सी तथा झुल वितरण गरेका थिए ।