देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९ लाख लुटेर भाग्ने दुई जना परे प्रहरीको फन्दामा

देशान्तर

काठमाडौं । गोली हानेर लुटपाट गरी भागेका दुई जना पक्राउ परेका छन् । नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यद्यपि लुटपाटमा संलग्न हुन होइन अनुसन्धान पछि मात्रै पुष्टि हुने एसपी घिमिरेले जानकारी दिए ।बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कुमार कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।