देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङमा झाडापखाला फैलियो, ७ सय बिरामी

देशान्तर

काठमाडौं । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका दुईवटा वडामा झाडापखालाको प्रकोप फैलिएको छ । जेठ १२ गतेखी अकस्मात फैलिएको झाडापखालाबाट ७ सय बढी सर्वसाधारण बिरामी परेका छन् ।शान्तिनगर गाउँपालिकाको वडा नम्वर ३ का अधेँरी,पातेटाकुरा र वडा नम्वर ४ को एकली गाउँमा झाडापखालाको प्रकोप फैलिएको हो ।

झाडापखालाका बिरामीको संख्या पहिलो दिन ४ सय थियो भने दोस्रो दिन ३ सय बढेर ७ सय पुगेको शान्तिनगर गाउँपालिकाका स्वास्थय संयोजक हरि पुने जानकारी दिए।झाडापखालाका बिरामीको उपचार स्थानीय चिराघाट स्वास्थ्य चौकी,राप्ती अंचल अस्पताल,सीटी पोलिक्नििक र राप्ती लाईफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

बिरामीको उपचारमा समस्या पर्न नदिन दाङका सरकारी तथा निजि स्वास्थय संस्थामा निःशुल्क उपचारको व्यवस्था गरिएको प्रदेशसभा सदस्य उत्तर वलीले बताए।चिकित्सकहरुका अनुसार स्थानीय जंगलमा पर्ने माइलीमुलको मुहानको दुषित पानी पिउँदा त्यस क्षेत्रमा झाडापखालाको प्रकोप फैलिएको हो ।

चिराघाट स्वास्थ्य चौकीमा बेङ अभावका कारण स्वास्थ्य चौकीको बरन्डामा बिरामी उपचार भइरहेको छ । उपचारमा नेपाली सेनाले पनि सहयोग गरिरहेको छ ।