देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राज्यमन्त्री बाँस्कोटाले लुकाए कैदीलाई माफी दिने मन्त्रीपरिषदको निर्णय

देशान्तर

काठमाडौँ । सरकार प्रवक्ता एंव सुचना तथा संचार प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले गणतन्त्र दिवसका दिन कैद माफि दिने विषयमा मन्त्रीपरिषद बैठकले गरेको निर्णय लुकाएका छन् । सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने निर्णय गरेको छ।

तर राज्यमन्त्री बाँस्कोटाले अब तपाईँहरुलाई काम लाग्ने सकियो भन्दै अन्य निर्णय संचारमाध्यमलाई जानकारी गराएर कैदीलाई माफी दिएको विषय भने लुकाएका छन् । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो। संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिन माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ उल्लेख छ।

माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भए पनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुङ्गो लाग्नेछ।