देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

देशान्तर

काठमाडौं। विश्व कम्युनिष्ट आन्दोलनका विचारक कार्ल मार्क्स जन्मिएको दुई सय वर्ष पूरा भएको अवसरमा काठमाडौंमा कार्ल माक्र्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।नेपाल कम्युनिष्ट पार्टीको आयोजना भएको सम्मेलनमा नेपाललगायत भारत, जापान, कोरिया, ब्राजिल, जर्मनका ४० भन्दा वढी कम्युनिष्ट पार्टीका नेता सहभागी छन् ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले नेपाली कम्युनिष्ट आन्दोलन र क्रान्तिबारे कार्यपत्र पेश गरेका थिए ।उनले समाज परिवर्तनका लागि कार्ल मार्क्सको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।प्रधानमन्त्री ओलीले सरकारसँग छोटो समयमै धेरै काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।उनले मुलुकको समृद्धिका लागि लगानीको वातावरण प्रशस्त गर्दै औद्योगीक क्रान्तिबाट स्वदेशमै रोजगारीको वातावरण तयार गरिने बताए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले वैज्ञानीक रुपमा समाजलाई परिवर्तन गर्न र जनताको सर्वोपरी हितका लागि मार्क्सको सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताए ।उनले कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्र अझ सुदृढ हुने दावी पनि गरे ।सैद्धान्तिक र व्यवहारिक रुपमा परिवर्तनलाई आत्मसाथ गर्दै आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न पनि कम्युनिष्ट पार्टी सक्षम रहेको उनको भनाइ थियो ।