देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीयताको मर्म अनुसार बजेट विनियोजन नभएको नेता महतको दावी

देशान्तर

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले सरकारले मुलुकलाई समृद्ध बनाउने लक्ष्य अनुसारको बजेट नल्याएको दावी गरेका छन ।

नेता महतले बजेटमा लगानी भित्रयाउन, कर्मचारीको क्षमता विकास गर्न आवश्यक कार्यक्रम नै नसमेटिएको पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पाँच वर्षमा मुलुकको आय दोब्बर वृद्धि गर्ने सरकारको लक्ष्य निजी क्षेत्रलाई कर भार थपेर मात्रै नहुने भन्दै सरकारको बजेटको आलोचना गरेका छन।

नेता महतले बाह्य लगानी भित्रयाउने कार्यक्रम पनि बजेटमा नआएको उल्लेख गरेका छन ।उनले संघीयताको मर्म अनुसार पनि बजेट विनियोजना नगरिएको दावी गर्नु गरे ।