देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आत्मसमर्पण गरेका एसएसपी खत्रीको अदालतमा बयान जारी

देशान्तर

काठमाडौं । सुन तस्करीमा संलग्न भनिएको नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङसमक्ष आत्मसमर्पण गरेका छन्।

अदालतमा आत्मसमर्पण गरेलगत्तै उनको अहिले अदालतको ६ नम्बर इजलासमा न्यायाधिश नारायण प्रसाद शर्मासमक्ष बयान चलिरहेको छ।

अदालतले खत्री कुन समयमा कति बजे अदालत आएका हुन् भन्नेबारे केही कुरा खुलाएको छैन। मोरङका प्रहरी प्रवक्ता डिएसपी निसान थापाले खत्री अदालतको सम्पर्कमा आएको थाहा भएको जानकारी दिए।

सुन तस्करी काण्डका नाइके मानिएका गोरेले पनि नाइके बताएका एसएसपी खत्री अदालतसामु आएपछि सुन काण्डको थप रहस्य बाहिर आउने अपेक्षा गरिएको बताएका छन्।

सुन काण्डका अर्का मुख्य भनिएका अभियुक्त धरानका सुन व्यापारी मोहनकुमार अग्रवाल भने अझै फरार छन्।