देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरुवा बन्दुकसहित ४ जना पक्राउ

देशान्तर

काठमाडौं। डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित पक्राउ परेको चार जनालाई प्रहरीले सार्वजनिक गरेका छ । बिहीबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

बिशेष सूचनाका आधारमा मंगलबार गन्यापधुरा गाउँपालिका(३ का दुई वटा घरमा लुकाइछिपाइ राखेका तीनवटा बन्दुकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

अवैध भरुवा बन्दुकसहित पक्राउ पर्नेमा गन्यापधुरा(३ कान्तिपुरका ३५ वर्षीय केशबबहादुर शाही, सोही ठाउँका ५३ वर्षीय शंकरबहादुर शाही, २९ वर्षीय कर्णबहादुर भूल र ३० वर्षीय टेकबहादुर भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउनमा सहयोग गरेको प्रहरीले बताएको छ । उनीहरुमाथि हातहतियार खरखजाना ऐन, २०१९ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।