काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न आग्रह गरेका छन ।सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले उक्त कुरा बताए ।
’एकपटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ’, प्रधानमन्त्री ओलीले भने ’सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ।’ आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको र त्यसपछि १४ वर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको प्रधानमन्त्री ओलीले बताए ।
सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला राधिका शाक्यले कार्यक्रम आयोजना गरेकि थिइन । पत्रकारहरु रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन, प्रियालक्ष्मी कार्कीले केही समय अघि सगरमाथाको आरोहण गरेका थिए ।





प्रतिक्रिया