काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन । कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं क्षेत्रनम्बर १ को क्षेत्रीय भेलालाई शनिबार सम्बोधन गर्दै नेता सिंहले भने अहिलेको चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ भनेर यदि हामीले आम जनता र आम कार्यकर्ताहरुलाई इम्प्रेसन दिन सकेनौं भने हिस्ट्री जति राम्रो भए पनि यो पार्टी गर्ल्याम गुर्लुम्म जान्छ ।’मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दावी गर्दै उनले अब आर्थिक समृद्धिको अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए ।
कम्युनिस्टको सामना गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा, आम जनतासँग जोडिएर उनीहरुका समस्या समाधान गर्न लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।





प्रतिक्रिया