देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बजेट पुनरावलोकन गर्न सात वटै प्रदेशका कानुन मन्त्रीको सुझाव

देशान्तर

काठमाडौं। सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको के पी ओली नेतृत्वको सरकारले ल्याएको बजेट पुरालोकन गर्न सुझाव दिएका छन् । कानुनमन्त्रीहरुले हेटौडामा भइरहेको राष्ट्रिय भेलामा त्यस्तो सुझाव दिएका हुन् ।कानुनमन्त्रीहरुले संघीय सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम संघीताको मर्म अनुरुप नभएको बताएका छन् ।


बजेटमा स्थानीय तह र केन्द्रीय तह तोकिएपनि प्रदेश सरकारको काम अधिकार नतोकिनु दुखद् भएको बताए ।कानुनमन्त्रीहरु बजेट र नीति तथा कार्यक्रम संघीयताको मोडल अनुसार नभएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरेका छन् । त्यसको लागि ७ वटै प्रदेशका कानुनमन्त्रीहरुबीच सहमति भएको छ ।

यसरी सहमति गर्नेमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान, प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह छन् ।

गौरबका आयोजना केन्द्रीय सरकारले र अन्य काम स्थानीय सरकारले हेर्ने गरी बजेट ल्याइनु संघीयताको मोडल विपरित हुने कानुनमकन्त्रीहरुको भनाई छ ।