काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेकी हुन् ।
उनले वर्तमान सरकार गठन भएयता ५ पटक पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरिएको भन्दै आपत्ति समेत जनाइन् । सांसद रेग्मीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्यबृद्धि गरेर के गर्न खोजेको भनि प्रश्न समेत गरिन् ।
सांसद रामबहादुर विष्टले पनि पेट्रालियम पदार्थमा मूल्यबृद्धि गर्नुको कारण संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग समेत गरे । त्यसैगरी सांसद शान्ता चौधरीले पश्चिम नेपालका कमलरीहरुको व्यवस्थापनका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।





प्रतिक्रिया