देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नियमावली पारित भएन,कांग्रेसले सदन अवरुद्ध गर्ने तयारी गरेपछि

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने तयारी गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा आज पनि पारित हुन सकेन।आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीको २,३ र ४ मा प्रतिनिधि सभा नियमावली मस्यौदा पारित गर्ने विषय समावेश गरिएको थियो।तर बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सहमति जुट्न सकेको थिएन।

बैठकमा सबै दलका प्रतिनिधिहरु सहभागी भएका थिए। कांग्रेसले मतदान गरी मस्यौदा पारित गर्न खोजे बैठक अवरुद्ध गर्ने बताएका थियो। कांग्रेसको समर्थन राजपाले पनि गरेको थियो।यता नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरम पारित गराउने पक्षमा थिए।

कांग्रेसले नियमावली संसदमा पेस भए सदन अवरुद्ध गर्न सांसदहरुलाई निर्देशन दिइसकेको थियो। नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने पक्षमा सत्तारुढ दल रहेको छ भने दोषी प्रमाणित नभएसम्म निलम्बन गर्न नहुने पक्षमा कांग्रेस र राजपा रहेको छ।प्रतिनिधि सभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ।