देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तहमा कांग्रेसको छाया सरकार गठन

देशान्तर

गाईघाट । नेपाली कांग्रेस उदयपुरले झन्डै ३० महिनापछि विभागहरू गठन गरी जिल्ला समितिलाई पूर्णता दिएको छ । यससँगै कांग्रेसले केन्द्रीय सरकार जस्तै जिल्लाका सबै स्थानीय तहहरूमा छाया सरकार गठन गरेको छ ।

कांग्रेसले ४३ वटा विभागहरू गठन गरेको जानकारी दिएको छ । काँग्रेसको सोमबार सकिएको जिल्ला कार्य समितिको बैठकले पार्टी सभापतिलाई विभागलाई पूर्णता दिन जिम्मेवारी दिएको प्रवक्ता मदनराज कटुवालले जानकारी दिए ।

कांग्रेसको ४३ विभागलाई पूर्णता दिँदै सल्लाहकार समितिमा अर्जुनकुमार खड्का, सङ्गठन विभागमा मनोजकुमार बस्नेत, स्थानीय तह विकास भिमचन्द्र राई, प्रचार प्रसार विभाग तथा प्रवक्तामा मदनराज कटुवाल, लेखा परीक्षण महेन्द्रप्रसाद रौनियारलाई संयोजक तोकिएको छ ।

गठन भए छाया सरकार 

कांग्रेसले जिल्लाका आठवटै स्थानीय दहहरूमा छाया सरकार प्रमुख तोकेको छ । कांग्रेसले प्रमुख चौदण्डीगढी नगरपालिकामा खगेन्द्र राई, त्रियुगा नगरपालिका बसन्तकुमार बस्नेत, बेलका नगरपालिका अशोककुमार कार्की, कटारीमा ज्ञानेन्द्रमानसिंह राउत, ताप्ली गाउँपालिकामा डिकबहादुर ठकुरी, उदयपुरगढी गाउँपालिका जीतबहादुर खड्का, रौतामाई गाउँपालिकामा भुपेन्द्रबहादुर थापा र लिमचुङबुङ गाउँपालिकामा पुष्पलाल राईलाई छाया सरकारको प्रमुख तोकेको छ ।

त्यसै गरी पूर्व पदाधिकारी समिति संयोजकमा हेरम्बबहादुर थापा र जेष्ठ राजनीतिज्ञ समितिमा विदुर बस्नेतलाई संयोजक तोकिएको छ । जिल्लाका ८ वटा स्थानीय तहमध्ये कांग्रेसले चौदण्डीगढी नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा उपप्रमुख जितेको छ ।