काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ सम्ममा आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
मन्त्री तथा सचिवहरूलाई राखेर ओलीले यस्तो निर्देशन दिएको अर्थमन्त्री युवराज खतिवडाले बताए। ‘अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तथा बजेटमा अन्तरनिहीत कार्यक्रम कार्यान्वयनका लागि आफ्ना योजना पेश गर्न प्रधानमन्त्रीज्यूले निर्देश दिनुभएको हो,’ उनले भने, ‘असार २५ सम्ममा हामीले आगामी आर्थिक वर्षको योजनाका सम्बन्धमा सम्पूर्ण काम सक्ने गरेर तयारी गरेका छौं।
साथै कर्मचारी व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्रीले आफूलाई जानकारी गराउन भनेका छन्।





प्रतिक्रिया