देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रक्सौल, वीरगञ्ज र काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सुरु

देशान्तर

काठमाडौं । रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाडौंसम्म आउने रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गरेको छ। सुक्रबार देखि प्रारम्भिक अध्ययन सुरु भएको रेल्वे विभागका बरिष्ठ इन्जिनियर प्रकाशभक्त कटुवालले जानकारी दिए।

रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरु नेपाल आएका छन्। पहिलो चरणमा चोभारमा उनीहरुले रेल्वे स्टेशन रहने स्थान हेरेका छन्। अब यो टोली वीरगञ्ज पुगेर सम्भाब्यता अध्ययन अघि बढाउने उनले बताए।

रेलमार्ग निर्माणका लागि सबै खर्च भारतीय पक्षले बेहोर्ने भएपछि रेलमार्ग अध्ययनका लागि विभागले अन्तिम चरणमा र्पुयाएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरिएको छ।

यो रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुने अनुमान छ। केरुङ हुँदै काठमाडौं आउने रेलमार्गसाग जोड्ने गरी यो रेलमार्ग बनाउन लागिएको हो। यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशतसुरुङ र पुलमा निर्माण गर्नुपर्छ।

रक्सौलबाट वीरगञ्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने उपाध्याय बताए।

प्रराम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट अबको ३ महिनापछि मात्रै आउनेछ । यसको डीपीआर निर्माणका लागि भने करिब थप १५ महिना खर्चिनुपर्छ।