देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब निर्माण क्षेत्रको एकाधिकार तोडिन्छ :अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन। निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा शनिबार भएको छलफलमा काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या रहेको बताए ।

सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन दाहालले भने साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् ।हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताए।उनले अनावश्यकरुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पारे ।