देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीलाई पुरानै अवस्थामा फर्काइछाड्ने सभापति देउवाको प्रतिबद्धता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काइछाड्ने बताएका छन् ।

आज डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै सभापति देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताए । आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै उनले सरकारको आलोचना गरे । आफु नेतृत्वको सरकारले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले आफुले भनेको सबै कुरामा बजेट पनि घटाएको बताए ।

आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउदा समेत मुखदर्शक बनेको उनको आरोप छ ।