देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन काठमाडौँमा सुरु

देशान्तर

काठमाडौ– नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ । मंगलबार सुरु भएको महाधिबेशनको काङग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

१७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुने ट्रेड युनयिन काङग्रेसले जनाएको छ । जसका लागि नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । आचार्यले बरिष्ठ नेता रामचन्द्र पौडेल समुह र दाहालले देउवा पक्षबाट उम्मेदवारी दिएका हुन् ।

अध्यक्षका उम्मेदवार दाहालले ट्रेड युनियन काँग्रेसलाई बलियोे बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् भने अर्को उम्मेदवार आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरलाई आर्थिकरुपले सबल र समुन्नत बनाउँदै पहुँच अभिवृद्धि गर्ने तथा समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ट्रेड युनियनका देशभरका ४ सय प्रतिनिधि छन् ।