देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुल्यबृद्धिको बिरोधमा नेपाल विद्यार्थी संघको नारा जुलुस

देशान्तर

काठमाडौं ।वर्तमान सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेपछि नेपाल विद्यार्थी संघले बिहिबार धादिङको सदरमुकाम धादिङबेशीमा जुलुस निकालेको छ ।

पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले गरेको मुल्यबृद्धिको बिरुद्ध निकै आक्रामक भएका बिद्यार्थीहरुले मुल्यबृद्धि फिर्ता गर, भ्रष्ट सरकार राजीनामा दे, अधिनायकवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।
अविलम्व मुल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जाने नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले बताए ।नेविसंघको मागलाई तुरुन्त सम्बोधन नगरेमा जस्तोसुकै आन्दोलन गर्न सक्ने चेतावनी दिदै त्यसबाट उत्पन्न परिस्थितिको सरकार जिम्मेवार बन्नुपर्ने समेत उनीहरुले बताएका छन् ।

नेविसंघले देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।