देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवा संघ र वाइसियल एकीकरण प्रक्रिया एक हप्ताभित्र हुने

देशान्तर

काठमाडौं । नवगठित नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ, नेपाल र वाइसियल, नेपालले एक हप्ताभित्र एकीकरण प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेको छ।
तत्कालीन एमालेको युवा संघ, नेपाल र तत्कालीन माओवादी केन्द्रको वाइसियल, नेपालको एकता कार्यदलको बिहीबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक हप्ताभित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो।

एक हप्ताभित्र दुवै संगठनको एकता प्रक्रियालाई टुंगाउने गरी कार्यदल स्तरमा छलफल भइरहेको वाइसियल नेपालका अध्यक्ष दीप शिखाले जानकारी दिए।