देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भयो : गगंन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता गगंन थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् ।प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा उनले दुई तिहाईको भरमा जे गरे नि हुन्छ भन्ने सोच प्रधानमन्त्रीमा रहेको बताए ।

सरकारप्रति जनताले ठूलो आशा राखे पनि बजेटले जनताको आशा समेट्न नसकेको टिप्पणी उनको थियो ।कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह केसीलगायत वक्ताले सरकार क्रमशः जनताको मुख बन्द गराउने बाटोमा उद्यत देखिएको भन्दै मुलुक निर्देशनमा चलाउन खोजे दुर्भाग्य हुने बताएका थिए ।