देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कम्युनिष्ट सरकारको अधिनायकवाद कांग्रेसलाई सैह्य हुँदैन:वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको अधिनायकवाद नेपाली कांग्रेसले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन ।

नेपाली कांग्रेस पर्वत–काठमाडौं सम्र्पक मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अधिनायकवादका विरुद्ध लड्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

उनले अधिनायकवादका विरुद्ध संघर्ष गर्दै आएको नेपाली कांग्रेसका लागि कुनै पनि अधिनायकवाद असैह्य हुने बताए ।वरिष्ठ नेता पौडेलले पार्टी्भित्रको गुट–उपगुटको अन्त्य गरेर पाँच वर्ष्भित्र नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प लिएको पनि बताए ।

आर्थिक समृद्धि नेपाली कांग्रेसको एजेन्डा भएको भन्दै उनले सरकारले जनतामाथि भ्रमको खेती गरी रहेको आरोप पनि लगाए ।