देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेतृत्वकै कारण कांग्रेस पराजित भयो:केन्द्रीय सदस्य कोइराला

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वकै कारण कांग्रेस पराजित भएको बताएका छन ।नेतृत्व सच्चिन तयार नभए कांग्रेसलाई मात्र नभइ समग्र मुलुककै राजनीति समस्यामा पर्ने बताए ।वाम नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

पछिल्लो समय स्वतन्त्र न्यायपालिका र प्रेसमाथि देखिएको हस्तक्षेपले सरकार निरंकुशतातर्फ उन्मुख रहेको संकेत देखाएको भन्दै नेता कोइरालाले सरकारको निरंकुशता केही समयभित्रै छरपस्ट देखिने जिकिर गरे ।

नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसको वर्तमान नेतृत्वले वामपन्थीको सर्वसत्तावाद रोक्न नसक्ने दाबी गरेका छन ।