देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल, अध्यक्षको जिम्मेवारी नेपाललाई

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेललाई दिएका छन्। झण्डै एक साता लामो भ्रमणका लागि ओली आजै चीन प्रस्थान गरेका छन्।

राष्ट्रपति कार्यालयले पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गरेको छ। प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननिय उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलले ज्यूले गर्ने गरि तोक्नु भएको छ, राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

त्यस्तै ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीताको उपचारकालागि सिङ्गापुरमा रहेका छन्। दुवै अध्यक्ष अनुपस्थित भएका कारण नेता नेपाललाई कार्यवाहक तोकिएको हो।