देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आप्रवासी नीतिमा गरे ट्रम्पले फेरबदल

देशान्तर

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् ।आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएका हुन् । अब आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने बाचा गर्दै ट्रम्पले एक आदेशमा हस्ताक्षर गरेका छन् ।

अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने पनि जनाइएको छ । तर आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने छ ।बाबुआमासँग बिछोड भएका बच्चाको तस्वीरले आफूलाई बिचलित बनाएकाले पूर्व आदेश रद्द गर्न आदेश दिएको तर्क ट्रम्पले गरेका छन् ।

आफ्नी पत्नी मेलानिया र छोरी इभान्का पनि बाबुआमासँग बच्चालाई अलग नगर्ने पक्षमै रहेको उनले उल्लेख गरेका छन् ।५ मे देखि ९ जूनसम्ममा २ हजार ३ सय भन्दा बढी बालबालिकालाई अलग गरिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो ।