देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदन भण्डरीको आज जन्मदिन

देशान्तर

काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको आज जन्मदिन परेको छ । तर, नेकपाले स्वर्गिय नेता भण्डारीको जन्मदिनको अवसरमा कूनै ओपचारीक कार्यक्रम भने नराखेको नेताहरुले बताएका छन ।

वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मीएका स्वर्गिय नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परि निधन भएको थियो ।

भण्डारीको षडयन्त्र पुर्वक हत्या गरिएको दावी गरिदै आएपनि अझै उहाँको वास्तविकतामा छनविन समेत हुन सकेको छैन ।

नेता भण्डारी पन्ती बिद्यादेवी भण्डारी अहिले देशको राष्ट्रपति जस्तो सम्मानीत र मर्यादित पदमा पुगेकी छिन् । तर, पनि भण्डारीको जन्मदिनको सम्झनामा कुनै औपचारीक कार्यक्रम राखिएको जानकारी आएको छैन ।

 

मदन भण्डारीकै बिरासत थाम्ने केपी शर्मा ओली अहिले मुलुकको कार्यकारी प्रमुख रहेका छन । ओली अहिले भण्डारीकै पथ समातेर देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्षसमेत बनेका छन ।

 

मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद पूर्वएमाले नेताहरुको मूल मन्त्र बनाएदै नेकपा माओबादीसंग पार्टी एकता समेत गरेका छन ।