देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनताले चाहेको प्रहरी बन्ने आईजिपी खनालको प्रतिवद्धता

देशान्तर

काठमाडौं ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले चाहेको जस्तो प्रहरी बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।शनिवार काठमाडौंको नरेफाँट स्थित कोटदेवी विद्यानगर प्रहरी प्रभागको नवनिर्मीत भवन उद्घाटन कार्यक्रममा बोल्दै आईजिपी खनालले जनताले खोजेको जस्तै प्रहरी आफु बन्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

जनसहयोगबाट निर्मित कोटदेवी विद्यानगर प्रहरी प्रभागको भवन थप विस्तार गर्नका लागी खनालले प्रहरी प्रधान कार्यालयको तर्फबाट रु ५ लाख उपलब्ध गराउने बताए ।स्थानियको आर्थिक सहयोगमा करिब २२ लाख लागतमा निर्मीत नरेफाँट प्रभागको भवन गृह–सचिव प्रेमकुमार राईले उद्घाटन गरेका छन् ।

भवन उद्घाटन गर्दै गृह–सचिव राईले शान्ति शुरक्षा बिना सुशासन र विकास सम्भव नहुने बताए ।नरेफाँटका स्थानिय समेत रहेका संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले प्रहरीले कानुनको पालना गर्दा कसैको मुख हेर्नु नपर्ने बताएका छन् ।