देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनसन बस्न जुम्ला पुगेका डा केसी पक्राउ

देशान्तर

काठमाडौं ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गरेका डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्रमा अनसन बस्न नदिने बताएको प्रशासनले डाक्टर केसीलाई जिल्ला प्रशासन कार्यालय छेउबाट शनिवार दिउँसो नियन्त्रणमा लिएको हो। डाक्टर केसीको समर्थनमा उत्रिएका खलंगाबासीलाई पनि प्रहरीले धरपकड गरेको छ।

जुम्लामा रहेका डाक्टर केसीका सहयोगी किशोर केसीका अनुसार डाक्टर केसीले अनसन सुरु भएको घोषणा गरेपछि प्रहरीले धरपकड गर्दै उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयभित्र लगेको हो। डाक्टर केसीले जुम्ला प्रहरी कार्यालयभित्रै अनसन बस्ने चेतावनी दिएका छन्।