देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव भीमाद तनहुमा भेटियो

देशान्तर

काठमाण्डौ । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो ।

२१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । आज बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शव भेटिएको हो’, भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले भने, ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।’शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको सई क्षेत्रीले जानकारी दिए ।

असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निश्कर्ष प्रहरीको थियो । प्रहरीले पत्रकार सम्मेलन गरेरै पौडेल सेतीबाट हाम फालेको र कारणबारे अनुसन्धान भइरहेको बताएको थियो । पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानकै क्रममा रहेका कारण सेतीमा हाम फाल्नुको यकिन कारण भने आइनसकेको प्रहरीले जनाएको छ ।