देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्मीमौरी झैँ काम गरेर देश बनाउनु पर्छः प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्ने बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आइतबार चन्दागीरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपालका लागि कर्मीमौरी झैँ काम गरेर सबै जनाले देश बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्ने धारणा राखे । चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले ओलीले बताए । प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका थिए ।