देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फोहोर नउठ्दा काठमाडौँ दुर्गन्धित

देशान्तर

काठमाडौं । उपत्यकाको फोहोर उठ्न नसक्दा राजधानी दुर्गन्धित बनेको छ । वर्षाको पानीले फोहोर गलेपछि दुई सातादेखि उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन ।

राजधानीबाट फोहोर बोकेर सिसडोल गएका ट्रक फोहोर घोप्ट्याउन नसकेर रोकिएका छन् । फोहोरको डंगुरमाथि छापिएको माटोमा फोहोर बोकेका ट्रक गुड्न नसक्दा काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न नसकेको हो ।

वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारीले बताएका छन् ।

फोहोर माथि बनाइएको बाटो नै भासिएकोले ट्रकले फोहोर घोप्ट्याउन सकेका छैनन्् । सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइडको विकल्प १४ वर्षसम्म पनि नखोज्दा यो समस्या आएको स्थानीयहरुले बताएका छन् ।

तीन दिन अधि काठमाडौं महानगरपलिकाले धरहरा वरीपरीको टहरा भत्काएका माटोे इँटा लगेर हिलो वाटोमा छापे पनि वर्षाको पानीले झनै हिलो भएका कारण फोहोर बोकेर गएका लोड गाडी हिलोमा धसिएको श्रेष्ठले बताए ।