देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बझाङमा पहिरोमा पुरिएर एकै घरका ४ को मृत्यु, २ घाइते

देशान्तर

काठमाण्डौ । बझाङको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

शनिवार जिल्लाको खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा पुरिएर पाटादेवल स्वास्थ्य चौकीकी स्वास्थ्य स्वंयमसेविका माया थापा, उनका छोरा बर्ष ५ का कृष्ण बहादुर थापा, सासु बर्ष ५३ की उजली थापा र सोही ठाउँका बर्ष १८ का मंगल थापाको मृत्यु भएको र माया थापाका ४ र ५ बर्षे छोरा कवि र रिकेश घाइते भएको प्रहरीले जनाएको छ ।

अविरल पानी परेपछि ओत लाग्न सोही गाउँपालिकाको खलेगाडा भन्ने ठाउँको शिवमन्दीर क्षेत्रको चुनढुंगा भीरको ओडारमा बसेको अवस्थामा ओडार भत्किएर उक्त घटना भएको स्थानियले जानकारी दिएका छन ।घटना स्थलमा छान्ना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली गइसकेको जिल्ला प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।