देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र डा.गोविन्द केसी पक्षबीच वार्ता सुरु

देशान्तर

काठमाडौं– अनसनरत डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारको मागलाई लिएर अहिले सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

डा. केसी पक्षले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा अहिले दुई पक्षबीच गम्भीर छलफल भैरहेको छ । सरकारी पक्ष र डा.केसी पक्षधर बीच भएको यो तेश्रो चरणको वार्ता हो । वार्ताका लागि सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेवाङले पहल गरेका थिए ।

डा. केसी पक्ष चिकित्सा शिक्षा विद्येयक फिर्ता हुनुपर्ने अडानबाट केही लचिलो भएपछि वार्ताको वातावरण बनेको थियो ।उक्त विद्येयक अहिले संसदमा विचाराधीन रहेको छ ।