देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार धर्मेन्द्र झालाई दयाशंकर पालिखे स्मृति सम्मान पुरस्कार

देशान्तर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सरकारले चाँडै संन्चार सम्बन्धी नयाँ कानुन ल्याउन लागेको बताए ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई सम्मान गर्दै उनले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माण लगायत काम अघि बढेको बताए ।

डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका र सामुदायिक तथा व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको उनको भनाई थियोे ।