देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारको काममा ढिलासुस्ती भयो : उपराष्ट्रपति पुन

देशान्तर

काठमाडौं । सरकारको काम कारबाहीप्रति उपराष्ट्रपति नन्दबहादुर पुनले असन्तुष्टि जनाएका छन ।उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रेल, पानी जहाजजस्ता कुरामा भन्दा पनि जनताको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई ढिलाई नगर्न पनि आग्रह गरेका छन । उपराष्ट्रपति पुनले जनताका दैनिक आवश्यकतालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्नेमा पनि जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिन पनि सबैलाई आह्वान गरे ।