देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

देशान्तर

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात औपचारिक रुपमा बुधबारदेखि हुँदैछ । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा पाएको सफलतासँगै नेपाली टोली बुधाबार नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवशीय खेल खेल्दैछ ।
२२ वर्षको प्रतिक्षापछि नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेल खेल्न लागेको हो । नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा नेपाल र नेदरल्याण्ड्सबीचको खेल शुरु हुने छ ।

नेपाली टोली लर्ड्समा टी–२० ट्राई सिरिज खेल्दै उतैबाट नेदरल्याण्ड्स पुगिसकेको छ। नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा युवा स्टार सन्दिप लामिछाने, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् ।