देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाका चार विषयगत समितिमा को को ?

देशान्तर

काठमाडौं । राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो ।

सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।

दिगो विकास तथा सुशासन समितिमा इन्दु कडरिया, कमलाकुमारी वली, कविता बोगटी, कालीबहादुर मल्ल, खिमकुमार विक, चक्रप्रसाद स्नेही, दीनानाथ शर्मा, प्रमिलाकुमारी, भैरवकुमार श्रेष्ठ, महेशकुमार महरा, मुक्ताकुमारी यादव, रमेशजंग रायमाझी, डा विमला राई र सरिता प्रसाईं रहेका छन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिमा अनिता देवकोटा, उदया शर्मा पौडेल, जीतेन्द्रनारायण देव, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईं, परशुराम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे, मीना बुढा, युटोल तामाङ, रामलखन चमार, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा र हरिचरण शिवाकोटी सदस्य छन् ।

प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद बान्तवा, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, नरपति लुवार, नैनकला ओझा, बलरामप्रसाद बाँस्कोटा, राधेश्याम अधिकारी, रामनारायण बिंडारी, विन्दादेवी आले राना, विना पोखरेल, शान्तिकुमारी अधिकारी, सुमनराज प्याकुरेल र हरिराम चौधरी चयन भएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भने कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, तारादेवी भट्ट, दीपा गुरुङ, दिलकुमारी रावल, धनकुमारी खतिवडा, प्रकाश पन्थ, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रीत पासवान र सुरेन्द्रराज पाण्डे रहेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन २१ गते बिहान ११ बजे बस्नेछ ।