देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेदरल्याण्ड्ससंग हारको बदला लिने दाउमा नेपाल, दोस्रो खेल आज हुँदै

देशान्तर

काठमाडौं ।  नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो ओडिआई क्रिकेट खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ।  

बुधवार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल दोस्रो खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछ। पहिलो खेलमा चोट लागेका शरद भेषावकर आजको खेल नखेल्ने पक्का छ। यस्तै युरोप टुर जानुअघि नै यो अन्तिम विदेश टुर हुने बताएका भेट्रान स्पीनर शक्ति गौचन दोस्रो खेलमा खेल्ने सम्भावना कम छ। पहिलो खेलमा ओपनर सुवास खकुरेल, ब्याट्सम्यान रोहित कुमार पौडेल र स्पीनर ललित राजवंशी बेन्चमा थिए।

दोस्रो खेलमा यी तीनमध्ये दुई खेलाडीले खेल्ने सम्भावना छ। यदी पहिलो खेल खेलेका चारै खेलाडीलाई ओडिआईमा डेब्यु गराउने हो भने यी तीनै खेलाडी खेल्न सक्नेछन् र करणको स्थानमा ललित भण्डारीले अवसर पाउन सक्छन्।

नेपाल भर्सेस द नेदरल्यान्ड्स 
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – दोस्रो एकदिवसीय क्रिकेट
मिति– १८ साउन
समय– दिउँसो २ः४५ बजे