देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल भारत व्यापारमा देखिएको समस्यालाई तत्काल समाधान : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल भारत व्यापारमा देखिएको समस्यालाई तत्काल समाधान गर्ने बताएका छन्। व्यापारमा देखिएका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारत तत्काल पठाउने तयारी भएको प्रधानमन्त्रीको भनाइ छ। उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवटारमा गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यो कुरा बताएका हुन्।

सँगै प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत यो विषयमा कुरा हुने बताए। ‘विमस्टेकमा आएका राष्ट्रप्रमुखसँग सामूहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्र्छौं’, प्रधानमन्त्री ओलीले भने।

ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नु पर्नेमा जोड दिए। ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरिब सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भने . प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्।