देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धर्म परिवर्तनको डढेलो निभाउनुपर्छ राजपा अध्यक्ष :थापा

देशान्तर

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय धर्म परिवर्तन डढेलो लागे जस्तै फैलिएको भन्दै यसलाई नियन्त्रण गर्नु पर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रियजागरण कार्यक्रमालाइ सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन्।

उनले हिन्दु राष्ट्र कुनै धर्म विशेषको मात्रै बिषय नभएर यो समग्र नेपाली राष्ट्रियता र नेपालीको पहिचानको बिषय भएको बताएका छन्। हिन्दुहरुले केवल धार्मिक बिषय र पूजा आराधानासँग मात्रै सरोकार नराख्‍ने भन्दै थापाले हिन्दु राष्ट्र नेपालीको एकताको सुत्र भएका कारण नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग आफुहरुले राखेको बताए।

उनले पछिल्लो समय हिन्दु धर्म परिवर्तन गरी अन्य धर्ममा आस्था राख्ने मानिसको संख्यामा वृद्धि भएको र धर्म परिवर्तन डढेलो लागे जस्तै फैलिएको भन्दै यसको नियन्त्रण गर्न हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जागरण अभियानको थालनी गरिएको बताए।