देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन : प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन गरिने बताएका छन् । कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कानुन कार्यान्वयनका क्रममा त्रुटि भेटिए सच्याउन तयार रहेको प्रस्ट पारेका हुन् ।
‘यो कानुन हाम्रै लागि हो, प्रणाली बसाउनका लागि हो, कमीकमजोरी छन् भने सरकार र हामी सच्याउन तयार छौं’ उनले भने, ‘यी कानुन कार्यान्वयनमा अलमलिनुपर्ने, भ्रममा पर्नुपर्ने कुनै कारण छैन।’ उनले थपे, ‘समाजले अनुपयुक्त लाग्यो भने, जनहितमा नोक्सानी पुग्नेछ भने, कसैको अधिकार अनुचित रुपमा खोसिने अवस्था देखियो भने संशोधन र परिमार्जन गर्न सकिन्छ।’
शुक्रबारदेखि लागू भएको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ का प्रावधानका सम्बन्धमा विभिन्न कोणबाट टीकाटिप्पणी भएपछि प्रधानमन्त्रीको यस्तो धारणा आएको हो। नयाँ ठाउँमा नयाँ काम सुरु गर्दा असजिलो हुने भन्दै उनले यो विस्तारै सहज हुँदै जाने र नयाँ कानुन कार्यान्वयन सहज र स्वाभाविक हुने विश्वास व्यक्त गरे।